सन्तोष ‘राजावादी’ ले देशको व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने क्रममा उनले देशमा भएको अस्वाभाविक घटना सबै व्यवस्थाको दोष भएको भन्दै त्यसको परिवर्तनपछि मात्रै देशमा शान्ति, समृद्धि छाउने दाबी गरे । उनले तिहारपछि वृहत् कार्यक्रम गरेर देशभरिबाट भेला भएर प्रदर्शन गर्ने तयारी भइरहेको पनि बताए ।
उनले भने, ‘देशमा भइरहेको अस्वाभाविक घटना सबै व्यवस्थाको दोष हो, व्यवस्था फेर्ने हो भने देशमा शान्ति छाउँछ, समृद्धितर्फ देश जान्छ, देशको विकास हुन्छ । हामी तिहारपछि विशाल कार्यक्रम गरेर देशभरिका साथीहरुलाई सडकमा ल्याउने तयारीमा लागेका छौ ।’
उनले आइतवार धर्म गुरु, विभिन्न संघ, संगठन पार्टीमा लागेका व्यक्तिहरुको सहभागितामा माइतीघरदेखि बानेश्वरसम्म बृहत् प्रदर्शन गर्ने जानकारी पनि दिएका छन् ।































प्रतिक्रिया