भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो, १७० घाइते

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो, १७० घाइते

केन्द्रबिन्दु
0
Shares

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । भूकम्पमा परी १७० जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ।

शनिबार बेलुका ५ बजेसम्मको अपडेटअनुसार भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ । ८१ जना घाइते छन् ।  यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । ७८ जना घाइते भएका प्रहरीले जनाएको छ । दैलेख, जुम्ला र प्युठानमा तीन/तीन र बैतडीमा दुईजना घाइते भएका प्रहरीले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ ।

 

Skip This
Skip This
Logo