गृह मन्त्रालयले लामोसमयदेखि काठमाडौंमा आन्दोलनरत आरती शाहका परिवारलाई वार्तामा बोलाएको छ । मंगलबार गृहले आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन पत्राचार गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष घाम, पानी सहेर धर्नामा महिनौं दिनदेखि माइतीघरमा धर्ना बसिरहेको छ । दाइजोका नाममा आरतीको हत्या भएको दाबी गर्दै उनीहरू असार १ देखि धर्नामा बसेका हुन् । यत्तिका दिनसम्म पीडितहरु नै न्यायका लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएकोमा सरकारको आलोचना हुँदै आएको छ ।
यसै प्रकरणमा प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएकाे छ । उनलाई प्रहरी प्रधान कार्यालय तानिएको हाे ।
































प्रतिक्रिया