नेपाल स्काउटका सातै प्रदेशका टोली जाजरकोटमा

नेपाल स्काउटका सातै प्रदेशका टोली जाजरकोटमा

केन्द्रबिन्दु
0
Shares

यतिबेला नेपाल स्काउटको विपद् व्यवस्थापन टोली भूकम्प प्रभावित जिल्ला जाजरकोटमा छ । स्काउटका सातै प्रदेशका विपद् व्यवस्थापन टोली भूकम्प पीडितको सहयोगमा खटिएको हो । 

उनीहरुले भूकम्पमा घर भत्किँदा भूकम्प पीडितको पुरिएका गरगहना, लत्ताकपडा, पैसा लगायतका सामानहरु निकाल्ने काम गरिरहेका छन् । 

विपद् व्यवस्थापन टोलीका नेतृत्वकर्ता पवन कोइरालाका अनुसार अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकाका भत्किएका २०/२५ वटा घरर जोखिममा रहेका घरबाट महत्वपूर्ण सामानहरु निकालेर सम्बन्धित व्यक्तिलाई बुझाइसकिएको छ । उद्धार टोलीमा सात प्रदेशका २० जना सदस्यहरु रहेका छन् ।

विपद व्यवस्थापन टोलीका नेतृत्वकर्ता कोइराला भन्छन् – ‘हामीले अहिलेसम्म गरेका कामबाट स्थानीय धेरै खुसी हुनुहुन्छ, उहाँहरुले नेपाल प्रहरी, सेना लगायतले गर्न नसकेको काम तपाईहरुले गरिदिनुभयो भनेर हामीलाई धन्यवाद दिनुभएको छ, हाम्रो तिहार पनि यतै हुन्छ, अझैं एक साता बसेर हामी उद्धारमा खटिने छौं।’

गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पा जाँदा एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए । सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको छ ।  

Skip This
Skip This
Logo