आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक २४ गते शुक्रबार। १० नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज शुभकार्यको चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। राज्यबाट मान सम्मान पाइनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। प्रेमीको सहयोग पाइनेछ। आत्मिक सन्तुष्टि पनि मिल्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज मन खिन्न हुने स्थिति आउनसक्छ। अनावश्यक झमेलामा परिएला। विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज मनोरञ्जनमा सहभागी भइएला। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। पारिवारिक सद्भाव पनि बढ्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। राज्यबाट सहयोग पनि मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। सफल यात्रा पनि हुनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज पढाइमा बाधा आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। शुभ समाचार पनि सुन्न पाइएला।

Skip This
Skip This
Logo