पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेलाई कारबाही गरिने

पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेलाई कारबाही गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेलाई कारबाही गर्ने जनाएको छ । 

तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो । पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । 

यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानूनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।

Skip This
Skip This
Logo