नेपाल नेत्रहीन सङ्घ तनहुँ देउसीभैलो खेलेर संस्थाको भवन बनाउने अभियानमा जुटेको छ। संस्थाका अध्यक्ष चीनबहादुर कुमालको नेतृत्वमा जिल्लाका दृष्टिविहीन सङ्गठित भई देउसीभैलो खेल्न थालेका छन्।
देउसीभैलोबाट सङ्कलित रकमले संस्थाको भवन निर्माण गर्ने योजना बनाएको अध्यक्ष कुमालले जानकारी दिए। भैलो खेलेर करिब रु तीन लाख सङ्कलन गर्ने लक्ष्य राखेको उनले बताए। सङ्घलाई व्यास नगरपालिका–१ का केवी गुरुङले रु ३० लाख पर्ने चार आना जग्गा निःशुल्क उपलब्ध गराएकाे छ।
“जग्गा त उपलब्ध भयो तर भवन बनाउने रकम छैन,त्यसैले देउसी भैलो खेल्न जुटेका हौंँ”, अध्यक्ष कुमालले भने। भैलो खेल्न दृष्टिविहीन कलाकार रुपा थापामगरसहित १५ जनाको समूह बनाएको संस्थाका सचिव वीराजमान कुमालले बताए। ‘‘देउसीभैलो खेल्ने परम्परा पनि कायम रहन्छ, भवन बनाउन रकम पनि जुट्छ”, उनले भने। भवन निर्माणका लागि करिब रु ३० लाख जुटाइने सचिव कुमाल बताउँछन्।































प्रतिक्रिया