आज २०८० कात्तिक २७ गते साेमबार। १३ नोभेम्बर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ। शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ। कुनै कुराले मनमा शान्ति पनि छाउनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। बिक्री र बन्दव्यापार फाइदा नहोला। परिवारका कारण चिन्ता बढ्नेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज विद्या र बुद्धिको विकास हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ। दूरदराजको यात्रा लाभदायक हुनेछ। नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। जोशजाँगर र उमङ्ग बढ्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ। घरमा अतिथिको आगमन पनि हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ।































प्रतिक्रिया