स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। धरान-चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो। 

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

Skip This
Skip This
Logo