इजरायलस्थित नेपाली दूतावासले भन्याे- ‘विपिन अझै भेटिएका छैनन्, खोजी जारी छ’

इजरायलस्थित नेपाली दूतावासले भन्याे- ‘विपिन अझै भेटिएका छैनन्, खोजी जारी छ’

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टाइनी अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अवस्था अझै अज्ञात रहेको जनाएको हो। 

हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ। उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ।’ तर, केही मिडियाले जाेशी फेला परेकाे र उनलाई रिहाइ गर्नका लागि पहल भइरहेकाे जनाइरहेकाे बेला इजरायलस्थित दुतावासले भने उनकाे स्थिति प्रस्ट पारेकाे हाे।  

Skip This
Skip This
Logo