रुकुम पश्चिममा जिप दुर्घटना २२ जना घाइते, ७ को अवस्था गम्भीर

रुकुम पश्चिममा जिप दुर्घटना २२ जना घाइते, ७ को अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

रूकुम पश्चिममा जिप दुर्घटनामा परेको छ । 

सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको २२ यात्रु बोकेको जिप चौरजहारी नगरपालिका–८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको र जिपमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल लगिएको छ।

जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीले आकलन गरेको छ। जिप चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । 

Skip This
Skip This
Logo