टिकटक प्रतिबन्धविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

टिकटक प्रतिबन्धविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

केन्द्रबिन्दु
0
Shares

नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमा लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । चुडालले आज एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर मुद्दा हेर्नुपर्ने भएपछि एकल इजलासका रिटहरु हेर्न नभ्याएका हुन् । 

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवदेन दायर गरिएको छ । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।  

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो । 

Skip This
Skip This
Logo