टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हाे । साथै यस मुद्दामा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ भने मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोकिएकाे छ । 

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवदेन दायर भएको थियो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।  

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो । 

Skip This
Skip This
Logo