प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सुनसरीको दुहबी नगरपालिका–५ बाट दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुई जनाबाट ब्राउन सुगर बरामद गरेको हो।
शंकास्पद अवस्थामा गइरहेको अवस्थामा जाँच गर्दा मोटरसाइकल चालक भारतको जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरीले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले चौधरी र मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक बलबीर रामलाई पक्राउ गरेको हो। उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।































प्रतिक्रिया