दण्डहीनता अन्त्यका लागि ७८ वर्षीय वृद्धले घोषणा गरे आमरण अनशन

दण्डहीनता अन्त्यका लागि ७८ वर्षीय वृद्धले घोषणा गरे आमरण अनशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौंका ७८ वर्षीय टंकप्रसाद आचार्यले सोमबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । 

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको गर्दै उनले देशको आर्थिक न्यायिक कानुनी अवस्थाको परिवर्तन गराउन आमरण अनशन थाल्ने घोषणा गरेका हुन् । सर्वोच्च अदालतले दण्ड, सजाय दिनुपर्ने र जेल पठाउनु पर्ने अपराधीहरुलाई छुट दिएको आरोप लगाउँदै उनले दण्डहीनताको अवस्था परिवर्तनको माग लिएर अनशन बस्ने बताए । 

सर्वोच्च अदालत अराजनीतिक चरित्रका मानिसको पछि लागेको उनको आरोप छ ।  ऐन, कानुन, नियम र संविधानको पालना गराउन न्यायिक निकाय असक्ष्म देखिँदा आफूलाई चित्त नबुझेको उनको भनाइ छ । 

उनले भने, ‘हाम्रो देश आर्थिक संकटमा अवस्था छ । त्यसको जाँच गर्नुपर्ने सर्वोच्च अदालतले हो । अदालत पनि अराजनीतिक चरित्रका मानिसको पछि लागेको अवस्थामा छ । अदालत नै उनीहरुको कब्जामा भएको हुनाले ऐन, कानुन, नियमको पालना केही पनि हुँदैन ।’ 

दण्डहीनताको अन्त्यका लागि आफूले दबाब दिन सत्याग्रहको बाटो राजेको उनले बताएका छन् ।  

Skip This
Skip This
Logo