आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर १२ गते मंगलबार। २८ नोभेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समाचार सुन्न पाइएला। कृषि क्षेत्रको काम अघि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। सरकारी निकायको भय रहला। परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएको धन पाइएला। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला। बन्न लागेको काम बिग्रनसक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन्। सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ। व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। सामान हराउने भय पनि छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ।

Skip This
Skip This
Logo