प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक दिइने भएकाे हाे।

आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरूमध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।  

Skip This
Skip This
Logo