आजबाट थप ४ उच्च अदालतमा ‘भर्चुअल बहस’ सेवा सुरु

आजबाट थप ४ उच्च अदालतमा ‘भर्चुअल बहस’ सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

उच्च अदालतका चारवटा इजालसबाट भर्चुअल सुनवाई सुरु भएको छ । जसअनुसार हेटौंडा, जुम्ला, महेन्द्रनगर र धनकुटासहित चारवटा इजलासमा आजबाट श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सिंहदरबारस्थित आफ्नो कार्यकक्षबाट भर्चुअल्ली सुनवाईको आज उदघाटन गरेका छन । उच्च अदालत हेटौंडामा न्यायाधीश शान्ता सेढाइँ र निर्मला शाक्यको संयुक्त इजलासमा बिहीबार भएको भर्चुअल सुनवाई गरी आजको कार्यक्रम उदघाटन गरिएको हो । 

सो क्रममा चितवनका कानून व्यवसायी मदन दाहालले आफ्नो ल च्याम्बरबाटै हेटौडाको इजालसमा आफनो मुद्दाको बहस गरेका थिए । रुपेश ढुंगाना निवेदक रहेको लागूऔषध मुद्दामा उनले हेटौडा उच्च अदालतमा चितवनवाट भर्चुअल बहस गरेका हुन् ।

Skip This
Skip This
Logo