त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।
विमानस्थलका प्रवक्ता सुभाष साहका अनुसार आइतबार बिहान चिनियाँ नागरिकले बोकेको ह्याण्डब्यागमा आगलागी भएको हो । बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर एक्कासी आगलागि भएको हो। आइप्याड चलाइरहेको बेला पावर बैंक पड्किएर आगो लागेको थियो ।
ह्याण्डब्यागमा लागेको आगो तत्कालै निभाइएको थियो ।































प्रतिक्रिया