आज २०८० पुष ३ गते मंगलबार। १९ डिसेम्बर २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेमको समस्या हटेर जानेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम वा रोजगार पाइनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ। मिष्ठान्न भोजन प्राप्ति होला । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन उत्साहपूर्ण रहनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोजगारको अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। साथीबाट विशेष सहयोग मिल्नेछ। तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज घरमा अतिथिको आगमन हुनेछ। लाभदायक यात्रा रहनेछ। नयाँ कार्यको थालनी होला। पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज भाग्योदय हुनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। व्यवसायबाट लाभ मिल्नेछ। तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज यात्रामा मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। सौन्दर्यतामा धन खर्च पनि हुनेछ।































प्रतिक्रिया