आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष ८ गते आइतबार। २४ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आर्थिक कारोबार भने कमजोर रहनसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ। अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार भने सामान्य नै हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ। पारिवारिक जमघटको वातावरण बन्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक र फाइदा मूलक योजना बनिनेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ। भाग्यले विभिन्न अवसर पनि जुराउनेछ। रमाइलो र यादगार यात्रा पनि हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सहकर्मीबाट विरोध आउन सक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। साँझमा मन प्रसन्न रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ।

Skip This
Skip This
Logo