प्रदेश प्रमुख शेरचनद्वारा आइसोलेशन वार्ड निरीक्षण

प्रदेश प्रमुख शेरचनद्वारा आइसोलेशन वार्ड निरीक्षण

केन्द्रबिन्दु
0
Shares

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि निर्मित आइसोलेशन वार्डको मंगलबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले आइसोलेशन वार्डसहित प्रि–आइसोलेशन वार्ड र मिर्गौला डाइलायसिस कक्षको समेत निरीक्षण गरेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापा, डीन प्रा. डा. नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना सङ्क्रमितको उपचारको अवस्था र भए गरेका तयारीका बारेमा प्रदेश प्रमुख शेरचनलाई जानकारी गराएका थिए । निरीक्षणका क्रममा प्रदेश प्रमुख शेरचनले कोरोना सङ्क्रमितको उपचारका लागि गरिएको तयारी थप सशक्त बनाउनु पर्नेमा जोड दिँदै कोरोना सङ्क्रमितको उपचारका लागि भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताए ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. थापाले अटोमेटेड पीसीआर मेसिन छिटै आउन लागेको जानकारी दिँदै कोरोनाको परीक्षणलाई तीव्रता दिइने बताए । अस्पतालका निर्देशक डा. आचार्यले कोरोना सङ्क्रमितको उपचारका लागि ३५ बेडको आइसोलेशन वार्ड तयार भइसकेको जानकारी दिँदै अन्य रोगका बिरामीलाई समेत उपचारमा समस्या नहुने गरी तयारी भइरहेको बताए । –रासस

Logo