आजको मौसमः चार प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसमः चार प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेकाे छ।

Skip This
Skip This
Logo