१८ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने

१८ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने

केन्द्रबिन्दु
0
Shares

इलामको सूर्याेदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ। यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम पनि बनाइएको छ।

कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताए।

दिउँसै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिरा बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको भुजेलले बताए।

कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचविखन गर्न निषेध गरेको छ। इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गरेको छ। 

मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउँदो नगरसभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ।

नगरपालिकाको १४ औँ नगरसभा माघ १० गते बस्दैछ। नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए।

Skip This
Skip This
Logo