तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

केन्द्रबिन्दु
0
Shares

वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन्।

बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरी बजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ। गम्भिर ३ जनालाई थपउपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Logo