एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सप्तरीका अनिरुद्र यादव पक्राउ परेका छन्।
सप्तरीको राजविराज घर भई हाल काठमाडौँको स्यूचाटारमा बस्दै आएका ५४ वर्षीय यादवलाई नाम परिवर्तित २६ लाई जबरजस्ती करणी गरेको आरोप छ।
उनीविरुद्व परेको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा ललितपुरको झम्सीखेलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। पक्राउ परेका यादवलाई प्रहरीले बुधबार म्याद थप गरी अनुसन्धान थालेको छ।





























प्रतिक्रिया