नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ। 

चौतारा साँगाचोक गढी नगरपालिका–५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट दाङ तुलसीपुर–५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडियो देखाएर ७ लाख रुपैयाँ लगेका थिए।

तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फेरि फर्किएनन्। त्यसपछि सुरेन्द्रको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्यम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ नगद र एक थान मोवाइल समेत बरामद गरेको छ ।            

Skip This
Skip This
Logo