चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको राजापुर नगरपालिका– ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो। सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले अ‍ेढेको ब्लाङ्केट सल्किएपछि उनी घाईते भएकी थिइन्। 

बुधबार दिउँसो साढे तिन बजे घाइते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो।  उनको मृत्यु आज विहान चार बजेभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए। 

Skip This
Skip This
Logo