चितवनको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

चितवनको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ।

अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो। परियारको बुधवार बिहान ९ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

उनको मृत्युको कारण खुलेको छैन। मानव सेवा आश्रमले सडक पेटिमा भेटिएका असहाय एवम् असक्तलाई उद्धार गरी संरक्षण दिँदै आएको छ।

Skip This
Skip This
Logo