कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?

कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि फरारको सूचीमा रहेका अभियुक्तमध्ये यस आर्थिक बर्षमा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ।

विभिन्न अपराधमा संलग्नरही अदालतबाट दोषी ठहर भईसकेर पनि फरारको सूचिमा रहेका अभियुक्त मध्ये चालू आर्थिक बर्ष २०८०१०८१ मा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने लक्ष्य सहित विशेष अभियान सञ्चालन गरिएको रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

विशेष अभियान अन्तर्गत यस आर्थिक बर्षको गत साउनदेखि पुस मसान्तसम्म  ६ महिनाको अवधिमा विभिन्न प्रकृतिका मुद्दामा संलग्न २८० जना फरार अभियुक्त पक्राऊगरी कारवाहीको दायरामा ल्याएको  एसपी श्रेष्ठले बताएका छन्।

कर्तब्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबर्जस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाईएको एसपी श्रेष्ठले जानकारी दिएका छन्। 

अदालतले दोषी ठहर गरेपछि आआफ्नो घर छोडी रौतहटको विभिन्न स्थानमा लुकिछिपी बसेका तथा अन्य जिल्लामा समेत बसेका ती अभियुक्तलाई जिल्लाको सम्पूर्ण युनिट लाई परिचालन गरी पक्राउ गर्न सफल भएको एसपी श्रेष्ठको भनाई छ।

८०० जना फरार अभियुक्त लाई पक्राउ गर्ने लक्ष्य पूरा गर्न हाल रौतहट, छिमेकी जिल्लाहरुका साथै सीमावर्ती भारतीय क्षेत्र समेत निगरानी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Skip This
Skip This
Logo