महाकाली नदी थुनिएको होइन : प्रजिअ पोखरेल

महाकाली नदी थुनिएको होइन : प्रजिअ पोखरेल

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शरदकुमार पोखरेलले महाकाली थुनिएको नभएर पहिले थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको बताएका छन् ।  फोन सम्वादमा उनले भने- ‘नदी धमिलो समेत भएकाे छैन । कञ्चनपुरले हामीसँग समन्वय नगरी सूचना प्रकाशन गरेकाे हाे । अहिलेका लागि कुनै जोखिम छैन ।’

कच्चनपुर ब्यास गाउँपालिका १ र २ को सीमा क्षेत्र माल्पामा पहिरोका कारण महाकाली नदी थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले सूचना जारी गरेपछि उनले भने- ‘अहिले कुनै समस्या छैन । ‘

यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी पहिरोका कारण नदी थुनिएको र छेउछाउका वस्तीमा खतरा हुन सक्ने भन्दै सावधानी अपनाउनआग्रह गरेको हो ।

Logo