वन्यजन्तुकाे अंग र हातहतियारसहित ५ जना पक्राउ

वन्यजन्तुकाे अंग र हातहतियारसहित ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका-११ स्थित मुँ गाउँबाट २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिंङ सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्रप्रसाद वुढा, सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय मानबहादुर वुढा, सोही नगरपालिका-७ बस्ने २१ वर्षीय गोकर्ण वुढा, ४२ वर्षीय सूर्य बहादुर वुढा र २५ वर्षीय चन्द्ररुप केसी रहेका छन् ।

प्रहरी चौकी त्रिपुराकोट र शे-फोक्सोण्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले चन्द्रप्रसाद बुढा समेतको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Logo