ग्यास लिक हुँदा मकवानपुरको थाहानगरमा घर जलेर नष्ट

ग्यास लिक हुँदा मकवानपुरको थाहानगरमा घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।
मकवानपुरको थाहा नगरपालिका वडा नं १० स्थित तल्लो विसिङ्खेलमा ग्यास लिक हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। तल्लो विसिङ्खेलस्थित हेमकर्ण गमालको तीन तले घर जलेर नष्ट भएको हो ।

घरमा एक्कासी आगो लागे पछि स्थानीयहरुले निभाउने प्रयास गरेका भए पनि सम्भव भएको थिएन । घरमा रहेको ग्यास सिलिण्डर पड्किएपछि आगो नियन्त्रणबाहिर गएको थियो ।

घरमा आगलागी भएपछि गमाल परिवारले भागेर ज्यान जोगाए पनि भौतिक सम्पति भने जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि दमकललाई खबर गरे पनि नआए पछि स्थानियहरुले नियन्त्रणमा लिएका थिए । क्षतिको थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo