भारतबाट फर्किएका युवकको मृत्यु

भारतबाट फर्किएका युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ ।

सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अस्पतालमा भर्ना हुने बित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताए । “राति साढे १२ बजेतिर खबर पाउने बित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भने ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिए । आफन्तका अनुसार ती युवामा बाथरोग सम्बन्धी समस्या थियो ।रासस

Skip This
Skip This
Logo