कोरोना अपडेटः देशभर एक लाख भन्दा बढी परीक्षण

कोरोना अपडेटः देशभर एक लाख भन्दा बढी परीक्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सोमबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको कूल १ लाख २ सय ८३ परीक्षण गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर ३० हजार ७ सय २३ पीसीआर परीक्षण गरिएको छ । भने ६९ हजार ५ सय ६० आरडीटी परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ पीसीआर परीक्षण गरिएको छ भने १ हजार ५ सय ९१ आरडीटी नमुना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टाइनमा रहेकाको संख्या २० हजार ९० रहेको छ भने आइसोलेसनमा रहनेको संख्या ४ सय १२ रहेको छ । जसमध्ये उपत्यकामा २६ जना र उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन् ।

त्यस्तैगरी शनिबारसम्म देशभर संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । कूल संक्रमितमध्ये २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । घर फर्किएका कूल ३६ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । भने अहिलेसम्म देशभर दुई जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Skip This
Skip This
Logo