बेलुका खाना खाएर सुतेका अदालतका खरिदार बिहान आफ्नै कोठामा मृत फेला

बेलुका खाना खाएर सुतेका अदालतका खरिदार बिहान आफ्नै कोठामा मृत फेला

केन्द्रबिन्दु
0
Shares

खोटाङ ।

जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन् ।

मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए । बेलुकी खाना खाएर सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताए ।

“मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ”, दुलालले भने, “आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ ।” ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । “घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन”, उनले भने, “मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ ।”

गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम

गर्भवतीको निःशुल्क गर्भ जाँच गर्नका लागि साकेला गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा बिस्तार गर्नका लागि गाउँपालिका र वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको हो ।

वडा नं ३ खिदीमा स्वास्थ्यचौकीमा बुधबार स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । खिदीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गरेका हुन् ।

Skip This
Skip This
Logo