काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । "/>

फेरि गर्यो भारतले नेपाली भूमि अतिक्रमण

फेरि गर्यो भारतले नेपाली भूमि अतिक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत दार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका हुन् ।

भारतको उत्तराखण्डस्थित दार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले कैलाश मानसरोवर रुटलाई दार्चुलादेखि लिपुलेक हुँदै चीनको बोर्डरसम्म जोडेको छ । कोभिड १९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको छ । यस मानसरोवर यात्राको लागि सडक उद्घाटन गर्न पाउँदा एकदमै खुशी छु’ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

बीआरओले ६ हजार फिटदेखि १७ हजार ६० फिटसम्म उचाईमा ८० कि.मि. लामो दार्चुलादेखि लिपुलेकसम्मको सडक विस्तार गरेको हो । नयाँ सडक पिथौरागढ, तवाघाट र घाटियाबर्ग हुँदै विस्तार गरेको छ । विज्ञप्तीमा उल्लेख गरिएको छ–‘लिपुलेक मार्गमा ९० किलोमिटरको पैदल यात्रा अग्लो उचाई क्षेत्रबाट भएको थियो । पैदल यात्रीहरुले धेरै कठिनाईहरुको सामना गर्नु परेको थियो । अब यो यात्रा सवारी साधनबाट गर्न सकिने छ । जसले कैलाश मानसरोवर यात्रामा यात्रीहरुले अब ५ देखि ६ दिनसम्म पदयात्रा गर्नुपर्दैन ।’

Logo