को हुन् २२ जनामा कोरोना फैलाउने नेपालगञ्जका ६० वर्षिय पुरुष ?

को हुन् २२ जनामा कोरोना फैलाउने नेपालगञ्जका ६० वर्षिय पुरुष ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २३ बैशाखदेखि तीन दिनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गत १९ गतेदेखि २३ गतेसम्ममा २३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । नेपालगञ्जका संक्रमित यी २३ मध्ये २२ जना वार्ड नं ८ को एउटै टोलका बासिन्दा हुन् । महेन्द्र पार्क नजिकैको अन्सारी मस्जिद वरिपरीका बासिन्दामा कोरोना पोजेटिभ देखिएको हो । यी २२ मा कोरोना फैलाउने  ६० वर्षिय पुरुष भएको स्रोतको दावी छ । ती ६० वर्षिय पुरुष चाहिँ सोही उपमहानगरपालिका वार्ड नं ७ डीएसपी रोडका हुन् । उनले मस्जिदमा अजान (नमाज पढाउने) काम गर्दै आएका थिए । ९४ जनाको स्वाब परीक्षणवाट २३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

नेपालगञ्जमा पहिलो पटक ७ र ९ वर्षका बच्चामा पनि कोरोना पोजेटिभ देखिएको छ भने महिला र पुरुषको संख्या बराबरी जस्तै रहेको छ । रातारात ‘हट स्पट’ मा परिणत त्यस ठाउँको वारेमा विस्तृत अनुसन्धान गर्न डब्लूएचओको टोली पनि पुगिसकेको स्थानीय स्रोतले जनाएको छ । नेपालगञ्जमा कोरोना तेस्रो चरणमा पुगेको छ । किनभने त्यहाँ कोरोना समुदायमा फैलिएको छ । डब्लूएचओका अनुसार समुदायमा फैलिएपछि त्यसलाई तेस्रो चरण भनिन्छ । सहरको यो अवस्था भएपछि उद्योगी, व्यापारीदेखि सर्वसाधारण समेत आतंकित बनेका छन् र उनीहरुमध्ये धेरैले नेपालगञ्ज छोडेर भागेको पनि स्रोतको दावी छ । भाग्नेहरु नजिकका जिल्लामा मात्र होइन, रातारात काठमाडौं समेत आइपुगेको बताइन्छ ।

नेपालगञ्ज कोरोना महामारीको तेस्रो चरणमा पुगेपछि समुदायमा फैल्याउने ती ६० वर्षिय पुरुष को हुन् ? कहाँवाट आएका हुन् ? र, उनले कसरी कोरोना फैल्याए भन्ने आम चासोको विषय बनेको छ ।

कसरी सर्यो, एउटै समुदायमा कोरोना ?
२२ जनामा कोरोना सार्ने एउटै व्यक्ति को हुन् त ? हालसम्म सार्वजनिक भएको सूचना अनुसार ६० वर्षिय ती पुरुषले मस्जिदमा अजान (नमाज पढाउने) काम गर्दै आएका थिए । उनी अन्सारी मस्जिदका मौजिन (अजान) हुन् । सोही मस्जिद व्यवस्थापन समितिका अध्यक्ष समसुद्धिन सिद्धिकीका अनुसार भने उनी मस्जिदका पियन मात्र हुन् ।

मस्जिदमा ती ६० वर्षेको पद जे भएपनि उनी खासमा अजान गराउने काममा नै सक्रिय रहँदै आएका थिए । र, उनी सोही मस्जिदमा मात्र सीमित थिएनन् । उनी मस्जिद छेउछाउका घरमा गएर अजान गराउने समेत गर्थे । साथै, उर्दू भाषा सिकाउने र अतिरिक्त कक्षा पढाउने काम समेत गर्दै आएका थिए । बालबच्चादेखि महिला–पुरुष सबैमा कोरोना पोजेटिभ देखिने मुल कारण यही भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यही कारण यी ६० वर्षिय पुरुषको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्नुपर्छ भन्ने माग शुरु भएको छ । सिद्धिकीका अनुसार अन्सारी मस्जिद वरिपरीका सबै घरका बासिन्दाको कोरोना परीक्षण गरिनुपर्छ । बैशाख १९ मा उनको पोजेटिभ पुष्टि भएको थियो भने २१, २२ र २३ गते बाँकी २२ जनाको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

को हुन् ती ६० वर्षिय पुरुष ?
नेपालगञ्जमा २२ जना (हालसम्म पुष्टि भएको संख्या) मा कोरोना सार्ने व्यक्ति एउटै थिए । ती व्यक्ति मस्जिदका मौजिन (अजान गराउने) थिए । उनमा चाहिँ कसरी कोरोना पोजेटिभ देखियो त ? यस सम्बन्धमा मस्जिद व्यवस्थापन, सरकारी पक्ष वा संक्रमित कसैले पनि मुख खोलेका छैनन् । तर, उनी भारतको राजधानी दिल्लीस्थित निजामुद्धिन मर्कसमा आयोजित तब्लिगी जमातीहरुको भेलामा सहभागी भएर फर्केका जमाती थिए भन्ने स्रोतको दावी छ । हाम्रा स्थानीय संवाददाताका अनुसार उनी तब्लिगी जमाती हुन् ।

भारत सरकारले भेला–सम्मेलन गर्न प्रतिबन्ध लगाइरहेको बेला दिल्लीको निजामुद्धिन मर्कसमा ठूलो भेला आयोजना गरिएको थियो । त्यस भेलामा नेपालबाट समेत सयौँको संख्यामा जमातीहरुले भाग लिएका थिए । यी ६० वर्षिय पुरुष तिनै मध्येका एक थिए ।

अर्को खुलासा के हो भने यी ६० वर्षिय पुरुषकाे मुल घर भारत बहराइच जिल्लाको नानपारा हो । नेपालमा बस्ने उनको साइनो चाहिँ ससुराली हो । नेपालगञ्ज स्रोत भन्छ, ‘उनी यहाँ घर ज्वाईं बसेका हुन् ।’

Skip This
Skip This
Logo