राहत वितरणमा विवाद हुँदा वडाध्यक्षमाथि हातपात

राहत वितरणमा विवाद हुँदा वडाध्यक्षमाथि हातपात

केन्द्रबिन्दु
0
Shares

डोटी।
राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।

वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए ।

यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, “वडाध्यक्षले राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।”रासस

Logo