रामेछापमा मिनीबस दुर्घटना, १५ जना घाइते

रामेछापमा मिनीबस दुर्घटना, १५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राजधानीबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना भएको छ । बा २ ख ६८१८ नम्बरको मिनिबस आज बिहान दुर्घटना हुँदा १५ यात्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि तामाकोसी सहकारी अस्पताल मन्थलीमा लगिएको र गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको बताइएको छ ।

बसमा करिव ४० यात्री थिए । उनीहरु मध्ये अधिकांश लकडाउनले समस्या भएको भन्दै काठमाडौंबाट गाउँ फर्किएका मजदूरहरु भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo