निसंक्रमणयुक्त तरकारीको व्यवस्थापन महानगरले गर्छ, उपप्रमुख खड्गी श्रेष्ठ

निसंक्रमणयुक्त तरकारीको व्यवस्थापन महानगरले गर्छ, उपप्रमुख खड्गी श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताएकी छिन् । कोरोना भाइरस प्रत्यक्ष व्यक्ति व्यक्तिका अलवा दैनिक रुपमा प्रयोग हुने खाद्य तथा उपभोग्य वस्तुबाट  सर्ने सम्भावना भएकाले महानगरले संक्रमयुक्त तरकारी व्यवस्थापन गर्ने बताइन् ।

गैर नेपाली संघले सामाजिक उत्तरदायित्वअन्तर्गत बसुन्धरामा सञ्चालन गरेकोे तरकारी प्याकेजिङ् तथा बिक्री स्थलको निरीक्षण गर्दै उपप्रमुख खड्गी श्रेष्ठले भनिन्–‘संकलित तरकारीलाई निसंक्रमण गरेर बिक्री गरेपछि तरकारीबाट आउन सक्ने सम्भावित जोखिम रोक्न सकिन्छ ।’

काठमाडौंमा भएका पार्टी प्यालेसहरु सञ्चालनमा नआउञ्जेल ती ठाउँलाई प्रयोगमा ल्याई निसंक्रमण गरिएका तरकारी बिक्री वितरण गर्ने व्यवस्था मिलाउने महानगरको योजना रहेको उनको भनाइ छ ।

उपभोक्ताले ढुक्कसँग तरकारी किन्ने वातावरण तयार गरेको संघले जनाएको छ । संघको मुना कृषि कार्यक्रमका संयोजक युवराज गुरुङ्ले भने–‘स्वच्छ, स्वस्थ्य र ताजा तरकारी संकलन गरेर यसलाई धुन्छौं । धोएको तरकारी सुकाएपछि गुणस्तर मापन गरेर प्याकेजिङ् र लेवलिङ् गर्छौं । यसपछि मात्र तरकारी बिक्रीका लागि तयार हुन्छ ।’

संघको कृषि प्रर्बधन समितिका उपाध्यक्ष कपिलदेव थापाले नेपालमा उत्पादन भएको ताजा तरकारी उपभोक्ताको पहुँचमा पु¥याउने बताए । उनले भने–‘प्याकेजिङ् तरकारीलाई सुपरमार्केट, एक्सप्रेस, मोबाइल र अनलाइन मार्केटसँगै अन्तर्राष्ट्रिय बजारमा पु¥याउन हामीले प्रदेश ३ सरकारसँग सम्झौता गरेका छौँ । भने काठमाढौं महानगरसँग समन्वय गरिरहेका छौं ।’

संघकाअनुसार तरकारीको गुणस्तर हेर्न खाद्य तथा गुण नियन्त्रण विभागका पूर्वअधिकारी र कृषिबिज्ञहरुलाई आवद्ध गरिएको छ । बजार निरीक्षणमा महानगरका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीसहितका अधिकारी उपस्थित भएका थिए ।

Skip This
Skip This
Logo