नेपालमा दोस्रो केसका रुपमा कोरोना संक्रमित भेटिएकी युवतीको डिस्चार्ज (भिडियोसहित)

नेपालमा दोस्रो केसका रुपमा कोरोना संक्रमित भेटिएकी युवतीको डिस्चार्ज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा नोवेल कोरोना भाइरसको दोस्रो केसका रुपमा देखिएकी युवती पूर्ण रुपमा निको भएर डिस्चार्ज भएकी छिन् । संक्रमित युवतीको सम्पूर्ण रिर्पोट राम्रो आएकाले उनलाई शनिबार डिस्चार्ज गरिएको हो ।

ती १९ वर्षीया युवती फ्रान्सबाट कतार हुँदै गत चैत्र ४ गते नेपाल आएकी थिइन् । नेपाल आएपछि उनलाई चैत्र ९ गते कोरोना भाइरस पोजेटिभ पुष्टि भएको थियो र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइ रहेकी थिइन् । उनी शनिबार २७ दिन अस्पताल बसेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ ।

त्यस्तै नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित देखिएका ३२ वर्षिय पुरुष पनि यस अघि नै घर फर्किसकेका छन् । चीनबाट आएका उनलाई गत माघ १० मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ भने पूर्ण रुपम निको भएर घर फर्किनेको संख्या दुई भएकोे छ भने बाँकी २८ जना देशका विभिन्न अस्पतालमा उपचारारत छन् ।

शुक्रबार मात्रै देशका विभिन्न भागमा नयाँ १४ जना कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका थिए ।

के भन्छिन ? कोरोनालाई जितेर शनिबार घर फर्किएकी प्रसिद्धि भिडियो

Skip This
Skip This
Logo