कास्की ।
शनिबार बिहान पोखरामा भूकम्प गएको छ । बिहान ११ बजेर १५ मिनेटमा कास्कीको पुरन्चौर केन्द्र बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पोखरा आसपासमा महसुस गरिएको सो भूकम्पपछि स्थानीयवासीहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण कुनै क्षति भने नभएको बताइएको छ ।





























प्रतिक्रिया