काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर लकडाउनको घोषणा गरेपनि उचित राहतको व्यवस्था गर्न नसक्दा मजदूरहरु सयौँ कि.मि. पैदल हिडेर आफ्नो गन्तव्यतर्फ लागेका छन् । लकडाउनका कारण रोजीरोटी गुमाएका मजदूरहरु अस्थाई बसोबास गर्दै आएको ठाउँमा खान वस्न समस्या परेको भन्दै हिडेर लामो दूरीको यात्रा तय गरेसँगै सरकारको आलोचना बढेको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा कोभिड–१९ परीक्षण गराउनेको संख्या बढ्दै गएको छ । विदेशबाट फर्किएपछि दुई साता क्वारेन्टाइन बसेर ढुक्क भएका व्यक्ति पनि गत सोमबार ‘सनसिटी अर्पाटमेन्ट’ मा संक्रमित भेटिएपछि परीक्षण गराउन आउनेको संख्या बढेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न राज्यहरुमा लगाइएको प्रतिवन्ध हटाउने तयारी भइरहेको बताएका छन् । ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनको क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ–आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइएको बताएका हुन् ।
त्यस्तैगरी गत चैत्र ११ गतेदेखि देशैभर लकडाउनको घोषणा भएसँगै डिजिटल भुक्तानी प्रदायक कम्पनीहरु सेवा प्रवाहमा थप आक्रामक बन्दै गएका छन् । लकडाउनको समयमा घरबाट बैंक तथा वित्तीय संस्थासम्म जान आउन समस्या हुने र पैसाबाट पनि भाइरस सर्न सक्ने भएकाले उपभोक्ताले डिजिटल पेमेन्टको प्रयोग बढाएका हुन् ।
सरकारले देशभर लकडाउनको घोषणा गरेका कारण डोटीका बादी
समुदायले भोकै बस्नु परेको गुनासो गरेका छन् । दैनिक ज्यालादारी गरी गुजारा चलाउँदै आएका बादी समुदाय रोजगारिका अवसर गुम्दा भोकै बस्नु परेको हो । घरमा खानेकुरा नभएका कारण आफ्ना छोराछोरी दुई दिनदेखि एक छाक खाएर बसेको गणेशबहादुर बादीले बताए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला































प्रतिक्रिया