नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ पुगेको छ । मंगलबार पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थप दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।

सोमबार र्‍यापिड डायग्नोस्टिक टेस्ट किट परीक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएको थियो । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजिटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो भने पिसीआर परीक्षणका लागि स्ल्याब पठाइएको थियो । पिसीआरबाट थप परिक्षण गर्दा समेत दुई जनामा पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको उल्लेख गरिएको छ ।

तीनै जना क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएका थिए । सो अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने अहिले अपार्टमेन्टलाई प्रहरीले पूर्ण रुपमा लकडाउन गरेको छ ।

Logo