बेवारिसे अवस्थामा रहेका ६५ जना बृद्धबृद्धाका लागि राहत सहयोग

बेवारिसे अवस्थामा रहेका ६५ जना बृद्धबृद्धाका लागि राहत सहयोग

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

मानव कल्याण समाज (सेवाघर) मा रहेका ६५ जना बेवारिसे बृद्धबृद्धाका लागि टौमढी युथ क्लबले १ हप्ताका लागि पुग्ने रासन सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस नेपालमा फैलन नदिन सरकारले जारी गरेको लकडाउनका समयमा आमनागरिकका अत्यावश्यक सामग्रीको समस्या न्यूनिकरण गर्ने कार्यमा सक्रिय रहँदै आएको सो क्लबले झौखेलस्थित सेवाघरमा रहेका जेष्ठ नागरिकहरुको जीवन यापन कष्टकर नहोस् भन्ने उद्देश्यले रासन उपलब्ध गराएको संस्थाका पूर्व अध्यक्ष विजय धौभडेलले जानकारी दिए ।

क्लबले समाजका अध्यक्ष सुमित्रा चौलागाईंलाई १ हप्ताका लागि पुग्ने गरि २ सय केजी चामल, ५० केजी दाल, १५ लिटर तेल, ८ केजी नुन, ५६ केजी आलु, २५ केजी प्याज, १० केजी चिनी, चियापत्ति, बिस्कुट, दुध लगायतका रासन सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शिवराम भुजुले बताए ।

मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईंले मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा जेष्ठ नागरिकका लागि रासन सहयोग गर्नु मानवीय सेवाको सर्वोत्तम सेवा भएको बताइन् । रासन सामग्री ढुवानीका लागि जुद्ध बारुण यन्त्र भक्तपुरको भ्यान सहयोग स्वरुप प्राप्त भएको निवर्तमान अध्यक्ष धौभडेलले बताए ।

Logo