बहराइनमा रहेका नेपालीको अवस्थाबारे प्रधानमन्त्रीको चासो

बहराइनमा रहेका नेपालीको अवस्थाबारे प्रधानमन्त्रीको चासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेका छन् । शनिबार प्रधानमन्त्री ओलीले बहराइनका प्रधानमन्त्री खलिफा विन सलमान अल खालिफासँग टेलिफोनमा कुरा गर्दै त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत समकक्षीसँग कुरा गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘कोभिड –१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।’

बहराइनमा रहेका नौ जना नेपालीमा एकैपटक कोरोना भाइरस संक्रमण देखिएको छ ।

Skip This
Skip This
Logo