काठमाडौं ।
सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।
दोलखाबाट काठमाडौंका लागि छुटेको बस सिन्धुपाल्चोकस्थित सुनकोशी गाउँपालिकामा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका हुन् ।
बा २ ख २७८९ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको नौ किलो भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले स्थानिय र प्रहरीले घाइतेको उद्धार गरिरहेको बताइएको छ ।
दुर्घटना भएपछि बस चालक भने फरार रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ।





























प्रतिक्रिया