कोरोना संक्रमण रोक्न राम्रो तयारी गरेका छौँ– प्रधानमन्त्री ओली

कोरोना संक्रमण रोक्न राम्रो तयारी गरेका छौँ– प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर फैलिँदै गएकाे नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण रोक्न नेपालले राम्रो तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार सार्क राष्ट्रसँग कोरोना भाइरको संक्रमणबारे साझा मत बनाउन गरिएको भिडियो कन्फ्रेन्समा बोल्दै प्रम ओलीले सो कुरा बताएका हुन् ।

विश्वभर कोरोनाको भय बढी रहेको समयमा भिडियो कन्फ्रेन्स आयोजना गरेकोमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद समेत दिएका छन् । त्यस्तै आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि उनले सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । ओलीले नेपालमा एक जनामा  कोरोनाकाे लक्ष्ण देखिएकाे भएपनि अहिले संक्रमण नरहेको  स्पष्ट पारेका छन् ।

देशमा कोरोना भाइरसको संक्रमण फैलिँन सक्ने भन्दै प्रधानमन्त्री ओलीले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति तत्कालका लागि बन्द गरेको, केन्द्र प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाइ पूर्व तयारी गरेको जानकारी गराएका थिए ।

गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भिडियो कन्फ्रेन्समा सहभागी हुन सार्क राष्ट्र प्रमुखलाई आग्रह गरेका थिए ।

Logo