काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
झापाको टाङ्घनडुब्बा चौकीमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।
यस्तै बिल फरफारक गरिदिने प्रयोजनका लागि भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईले पाँच हजार घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । हुखोला खानेपानी योजनाको बिल मिलाइदिने प्रयोजनका लागि राईले घुस मागेको आयोगले आरोप लगाएको छ ।
यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक शेरबहादुर सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय भवनको तला थप्ने क्रममा कार्य सकिएपछि बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग ७५ हजार घुस माग गरेको आरोप सुनारमाथि लागेको छ ।रासस































प्रतिक्रिया